
पोखरा । हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रा.लीको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा पोखराको टुडिखेलमा हुने तीज मेलामा गण्डकी प्रदेशस्तरीय छेलो प्रतियोगिता हुने भएको छ ।
भदौ १४ गते हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ११ हजार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । यस्तै, द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद ६ हजार र ३ हजार प्रदान गरिने मुल आयोजक समितिकी संयोजक शोभा गौतमले बताइन् । तीज मेला भदौ ११ देखि १७ गतेसम्म हुनेछ ।
कमेन्ट गर्नुहोस्
