
काठमाडौं–एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल अन्तर्गत शुक्रबार नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौं स्थानका लागि प्लेअफ हुन लागेको हो ।
नेपाल समूह ए बाट दुवै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको समूह बी बाट अफगानिस्तान तेस्रो भएको थियो । नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ३ बजे लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
