तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा मासिक शुल्क घटाउन ध्यानाकर्षण

Share:

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

क्याम्पसले आर्थिक वर्ष २०७६/७७ देखि मासिक शुल्क वृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस एकाइले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई ज्ञापनपत्र बुझाएको हो ।

युनियनकी अध्यक्ष दुर्गा भण्डारीले मासिक शुल्क वृद्धिले विद्यार्थीलाई मार पर्ने भएकाले शुल्क घटाउन माग गरिएको जानकारी दिइन । भण्डारीका अनुसार २० प्रतिशतसम्म शुल्क बढाउँदा विद्यार्थीलाई कुनै आपत्ति नभए पनि एकैचोटि ५० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरिएकाले ज्ञापनपत्र बुझाउनु परेको हो ।

क्याम्पस सञ्चालक समितिले विषयअनुसार चालू आर्थिक वर्षदेखि मासिक शुल्कमा वृद्धि गर्ने निर्णय गरेको थियो । जस अनुसार व्यवस्थापनतर्फ रु ८०० बाट रु एक हजार २००, गणिततर्फ रु एक हजारबाट एक हजार ५००, विज्ञानतर्फ रु एक हजार २०० बाट एक हजार ८०० शुल्क वृद्धि गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्
Share: