‘तिहारको खेल, मज्जाको खेल’ मा पहिलो दिन सहभागीहरुले ५ हजार बढी जिते

Share:

बिग न्युज पोखरा, ५ कात्तिक । बुधबारदेखि बिग एफएमले सुरु गरेको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’मा पहिलो दिन सहभागीहरुले पाँच हजार बढि जितेका छन् । बुधबार सहभागिता जनाएका ६ जनाले ५ हजार बढि जितेका हुन् ।

बुधबार पहिलो दिन     छ जनाले सहभागिता जनाएकोमा     मालेपाटनकी सरस्वती पौडेलले सर्वाधिक दुई हजार रकम जित्न सफल भइन् । अन्य सहभागीहरु     बगालेटोलका शंकर श्रेष्ठ र हंसपुरका कृष्ण सुबेदीले जनही एक हजार रुपैंया जित्न सफल भए भने सिलिङ्गेकी     शुष्मा राई    र महेन्द्रपुलका ललित सुबेदीले जनही पाँच सय बराबरको रिचार्ज कार्ड जित्न सफल भए । यस्तै फुलबारीका प्रयास बस्यालले बीस रुपैंया मात्र जिते ।

‘हार होईन, जितै जित’ भन्ने थिममा तिहारको अवसर पारेर एफएमले रेडियो गेम शो संचालनमा ल्याएको हो । एफएमले दिएको जानकारी अनुसार खेल खेलेर स्रोताहरुले २५ हजार रुपैँयासम्म जित्न सक्नेछन् । राति ७ बजेदेखि दुई घण्टा बढि समयसम्म सञ्चालन हुने कार्यक्रममा प्रस्तोताले सहभागीलाई १ देखि १५ ओटा नम्बर दिनेछन् । सहभागीले पालैसँग नम्बर छान्दै जानुपर्नेछ र अन्त्यमा जुन नम्बर बाँकी रहनेछ त्यसमा भएको रकम उसले जित्नेछ ।

तिहारलाई स्रोताहरुसंगै मनाउने र स्रोताहरुलाई मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम संचालमा ल्याएको बताएको छ । रेडियो गेम शो बुधबार कुकुर तिहारदेखि ७ गते गोबद्र्धन पुजासम्म चल्नेछ ।

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई BIG टाईप गरेर एक स्पेस दिई FM लेखि ४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा लक्की नम्बर मध्ये स्रोताले रोजेको अन्तिम लक्की नम्बरले २५ हजार रुपैँया सम्म जिताउन सक्ने एफएमले जनाएको छ ।

पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले यो पटकको ‘तिहारको खेल मज्जाको खेल’लाई मुख्य प्रायोजन गरेको छ । ‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘तर हामीले जित्का लागि मात्रै रेडियो गेम शो को कन्सेप्ट ल्याएका हौँ ।’ स्रोताहरुले गेम खेल्नका लागि एसएमएसमार्फत दर्ता हुनुपर्ने उनले बताए ।

पोखरा थर्ड आई रिसर्च सेन्टर प्रालिले बिग एफएमको माध्यमबाट स्रोताहरुसंग तिहारको मज्जाको खेल खेल्नका लागि आफुहरुले रेडियो गेम शोमा प्रायोजन गरेको जनाएको छ । ‘स्टडी एब्रोड’का लागि काम गर्दै आएको संस्थाले रेडियो गेम शोमा सहभागि हुने स्रोताहरुलाई विदेश अध्ययनका लागि विशेष सहयोग उपलब्ध गराउने जनाएको छ । पोखरा थर्ड आई रिसर्च सेन्टरले नर्वे, फिनल्यान्ड, जर्मनी, जापान, अष्ट्रेलिया, यूके, अमेरिका लगाएतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि काउन्सिलिङ गर्दै आएको छ ।

यसअघि बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘बिग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: