
बर्दिया – पाटे बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय पहरिया थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जले जनाएको छ ।
आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरेको स्थानीय देविराम दहितले बताए । बाघले थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघले आक्रमण गर्दा थारुको ज्यान गएको हो ।
कमेन्ट गर्नुहोस्
