आत्महत्या दुरुत्साहनमा लामिछानेसहित तीन जनाबिरुद्ध मुद्दा दर्ता

Share:

काठमाडौँ: आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्‍याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो। आइतबार दिउँसो यी तीनबिरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

अब केहीबेरमै यो मुद्दामा थुनछेक बहस सुरु हुनेछ। बहस आइतबार नै सकिए थुनछेकको आदेश बेलुकासम्ममा आउने छ।

कमेन्ट गर्नुहोस्
Share: