असहाय विद्यार्थीलाई पढाउन नगरपालिकाको सहयोग 

Share:

काठमाडौँ- टोखा नगरपालिकाले गरीब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरीब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई पाँच/पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दुई विद्यालयलाई पाँच/ पाँच रुपैयाँ लाख रकम सहयोग गरेको जानकारी दिए ।

नगरपालिकाले सबै वडाका गरीब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: