सुर्खेतको एमाले मोडमा बस दुर्घटना, तीन जनाको मृत्यु ,२७ घाइते

Share:

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्।

उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत अझै भइ सकेको छैन।

जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस  विहान ३ बजे तिर दुर्घटना परेको सुर्खेत प्रहरीले जनाएको छ। उद्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्टबाट र नेपाली सेनाको टोली उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: