आज च्याम्पियन्स लिगकाे ‘ड्र’ सार्वजनिक गरिने

Share:

एजेन्सी । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन आज (बिहिबार) हुँदैछ ।

च्याम्पियन्स लिग सिजन २०१९/२० को समूह विभाजन ‘ड्र’ मा ३२ क्लबहरु रहेका छन् । जसमा २६ टिम सोझै र ६ टोली प्ले अफबाट समूह चरणका लागि छनोट भएका हुन् ।

समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पटमा विभाजन गरेर ‘ड्र’ गर्नेछ । ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: