माधब पनेरु, ७ कार्तिक / डेढ वर्षदेखि निषेधित गरिएको पोखराको फुटपाथ ब्यापार फेरी सुरु भएको छ । पोखराको मुख्य चोक लगायत अन्य बिभिन्न स्थानहरुमा र्निधक्क संग फुटपाथ ब्यापारीहरुले तिहारको लागि आबस्यक सामानहरु बेचिरहेका छन ।
महेन्द्रपुल, चिप्लेढुगां न्युरोड, पृथ्वीचोक , सभागृहचोक लगायतका शहरको मुख्य भागमा नै ब्यापार गर्न थालेपछि पोखराको ट्राफिक अस्तब्यस्त बनेको छ । चाडपर्बको बेलामा सवारी जाम भएपछि मानिसहरु गन्तब्यमा पुग्न अप्ठेरो भैरहेको छ । निषेधित क्षेत्रमा खुलेआम फुटपाथ जाम गरेर ब्यापार गरिरहेका ब्यापारीहरुलाई प्रहरीले केही गरेको छैन । प्रहरी भ्यानको आडमा बसेर ब्यापार गर्दा पनि प्रहरी मौन भएपछि बटुवाहरु फुटपाथ छोडेर सडकबाट हिड्न बाद्य छन ।
फुटपाथको बिषयमा प्रहरी वेखबर भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डि.एस.पि केदार रजौरेले बताए । उनले आफु पोखरा बाहिर भएकोले एस.पि लाई सम्पर्क गर्न भने । तर एस. पि लामा सम्पर्कमा आएनन् । तत्कालिन पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अभियान चलाएर पोखरालाई फुटपाथ ब्यापार मुक्त क्षेत्र बनाएका थिए । दुई बर्ष नपुग्दै पोखरामा फुटपाथ मौलाउन थालेको छ ।
अहिले अधिकारी सरुवा भएर धनुसा जिल्ला बिकास समितिमा गएका छन । अहिले पोखरा उपमहानगरपालिकामा महेश बराल कार्यकारीको रुपमा आएका छन । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले आफुलाई जानकारी नभएको बताए । त्यस्तो काम गैैरकानुनी भएकाले तत्काल हटाउने उनले बताए ।
Photo Courtesy: Suresh Thapa


