नेपाल साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा

Share:

काठमाडौं । नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनल पुगेको छ।बिहिबार भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।

कल्याणी रंगशालामा खेलको ५ औं मिनेटमा प्रदिपले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९ औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो । खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

खेलको ७५ औं अशिमले गोल गर्दा नेपालको अग्रता ४-० को बन्यो । खेलको ८५ औं मिनेटमा क्रिसले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा सुगम जिम्मीले गोल गर्दै नेपाललाई ६-० जित दिलाए ।

कमेन्ट गर्नुहोस्
Share: