पाकिस्तानद्वारा दोस्रो पटक मिसाइल प्रक्षेपण

Share:

इस्लामाबाद । कश्मीर मुद्धामा भारत र पाकिस्तानबीच तनाव जारी रहँदा पाकिस्तानले मिसाइल परीक्षण गरेको छ । पाकिस्तानले बुधबार राती ब्यालेस्टिक गजनवी मिसाइल परीक्षण गरेको हो । यसले जमीनमुनी २ सय ९० किलोमिटरसम्म ‘हीट’ गर्न सक्ने बताईएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले मिसाइल परीक्षण जानकारी सामाजिक सञ्जाल ट्विटरबाट दिएका छन् । उनले गजनवी मिसाइल परीक्षणपछि प्रधानमन्त्री तथा राष्ट्रपतिलाई बधाई दिएका छन् । पाकिस्तानले यसै वर्षको मेमा पनि शाहीन–२ मिसाइल परीक्षण गरेको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: