लमजुङमा झरनाबाट खसेर क्यानोनिङ प्रशिक्षकको मृत्यु

Share:

लमजुङ – लमजुङमा झरनाबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको उदिपुरस्थित गाईखुरे झरनाबाट नेपाली सेना श्रीजङ गणमा कार्यरत ३१ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

क्यानोनिङ तालिमको लागि तयारी गर्ने क्रममा उनी झरनाबाट खसेका हुन्। गणले आगामी १४ देखि १६ गतेसम्म राष्ट्र सेवक दलका विद्यार्थीलाई साहासिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो।

झरनाबाट खसेर गम्भीर भएका श्रेष्ठलाई उपचारको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल लागिएको थियो। अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

काभ्रेको बनेपा घर भएका श्रेष्ठ क्यानोनिङ प्रशिक्षकसमेत रहेको सेनाले जानकारी दिएको छ। मृतक श्रेष्ठ नेपाली सेनाको श्रीजङ गणमा लेसनायक दर्जामा कार्यरत रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: