भाउ बढ्यो, व्यापार घट्यो (अडियो रिपोर्ट)

Share:

पोखरा – अहिले नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लाग्दै गएको छ । भाउ बढेसँगै सुन किन्ने ग्राहक घट्न थालेको सुन ब्यवसायी बताउँछन् । भाउ बढपछि ग्राहक पनि घट्दै गएको पोखराका सुन ब्यवसायीले बताएका छन् ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ रहेको थियो भने बिहीबार तोलाको ७३ हजार ४ सय रुपैयाँ पुगेपछि सुन पसलमा ग्राहक आउनै छाडेको ब्यवासायीहरुको भनाइ रहेको छ ।

यसपालिको चाडले न त महिलानै छुन सकेको छ न त व्यवसायीलाई नै । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान बनेका छन् ।

तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई अहिले समस्या परेको छ । चिप्लेढुङ्गा स्थित सिद्धार्थ सुनचाँदी पसलका सञ्चालक राजकुमार सुनारले आफूले १० वर्ष सुनचाँदी व्यापार गर्दा यस्तो अवस्था पहिलो पटक आएको सुनाए ।

संसारका शक्तिशाली राष्ट्रहरु बीचको ध्रुवीकरणले सुनचाँदी को भाउ निरन्तर बढीरहेको छ । सुनचाँदीको भाउ बढ्दै गएको बेला बिक्री भन्दा पनि आफूले बढी खरिद गर्नुपरेको सुनारले बताए ।

यस्तै एस.बि.एस सुनचाँदी पसल न्यूरोडका सञ्चालक शान्तमानले अहिले सुनचाँदीको भाउ बढीरहँदा आफ्नो व्यापार शुन्य जस्तै भएको गुनासो पोखे ।

अडियो रिपोर्ट::

कमेन्ट गर्नुहोस्
Share: