भासियो तीन महीनामै कालोपत्रे सडक

Share:

कञ्चनपुर – ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो ।

वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए । तीन मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उनले जानकारी दिए ।

रु २१ करोड चार लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो । विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ । रासस

File Photo

कमेन्ट गर्नुहोस्
Share: