
काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट अन्तर्गतको कुवेत र चाइनिज ताइपेइसँग खेल्ने नेपाली राष्ट्रिय टालीको बिदाइ गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष शेर्पाले खेलाडीहरुलाई कुवेतविरुद्धको खेलमा जीत हात पार्न सके पुरस्कारसहित सम्मान गर्ने बताएका छन् । यस्तै टोलीका मुख्य प्रशिक्षक योहान कालिनले टोलीले राम्रो अभ्यास गरेर बताउँदै सकेसम्म कुवेतसँग अंक खोस्ने लक्ष्य रहेको बताएका छन् ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले विश्वकप छनोट तथा एसिया कपको छनोट चरणका लागि २३ सदस्यीय टोलीको घोषणा यसअघि नै गरिसकेका थिए ।
