
पोखरा । पोखराको पृथ्वीचोकमा रहेको हङकङ बजारले चाडपर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । तीज, दशैं, तिहारको अवसरमा हङकङ बजारले यस्तो योजना ल्याएको हो । यस योजना अन्तर्गत कुनै पनि सामानको खरिद गर्दा उपभोक्ताले कुपन पाउने छन् ।
बजार भित्रका कुनैपनि पसलमा ५ सय बराबरको सामान किन्दा एउटा कुपन, १ हजारको खरिदमा २ वटा कुपन पाउने छन् । यस्तै १५ सय को सामान खरिद गर्दा ३ वटा कुपन र २ हजारको खरिदमा ४ वटा कुपन पाउने छन् ।
उपहार अफरमा पोखरा हङकङ बजार व्यवस्थापन समितिले उपहारको व्यवस्था गरेको छ । यस योजना अन्तर्गत १ जनालाई प्रथम पुरस्कार स्वरुप डियो स्कुटर दिइने छ । साथै दोस्रो पुरस्कार स्वरुप एक जनालाई १ तोलाको सुनको सिक्का प्रदान गरिने छ ।
तेस्रो हुने एक जनालाई ३२ इन्चको एल.ई.डी टेलिभिजन, चौंथो पुरस्कार एक जनालाई रेफ्रिजरेटर, पाँचौ पुरस्कार एक जनालाई मोबाइल फोन, छैँठौ पुरस्कार तीन जनालाई स्ट्याण्ड फ्यान र सातौँ पुरस्कार पाँच जनालाई राईस कुकर प्रदान गरिने भएको छ ।
यस्तै आठौं पुरस्कारका रुपमा ५ जनालाई प्रेसर कुकर र १० जनालाई १ तोला चाँदीको सिक्का सान्तवना पुरस्कारको रुपमा प्रदान गरिने भएको छ । साथै पोखरा हङकङबजार भित्रका व्यवसायी मध्ये सबैभन्दा बढी कुपन बाँड्ने व्यापारीले आधा तोला सुनको सिक्का र दोस्रो धेरै बाँड्नेले चार आनाको सुनको सिक्का पाउने भएका छन् ।
उपहार २०७६ कार्तिक ३० गते शनिबार पोखरा हङकङ बजार व्यवस्थापन समितिको कार्यालयमा खोलिने छ । त्यसको नतिजा स्थानीय राष्ट्रिय दैनिक पत्रिका मार्फत सार्वजनिक गर्ने जनाइएको छ । कुपन खोलिएको १० दिनभित्र पोखरा हङकङबजार व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क गरि लिइसक्नु पर्नेछ ।

