लामो समयदेखि पत्रकारिता गरिरहेका महिला पत्रकार सम्मानित

Share:

पोखरा । जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ स्थापित सफलता मिडिया प्रालि द्धारा संचालित रेडियो सफलताको आयोजनामा भएको नवौं सफलता तीज गीत प्रतियोगितामा नमुना आमा समुह हेम्जा प्रथम भएको छ ।

यस्तै कमल जोशी आमा समुह द्वितीय, कामधेनु दिदीबहिनी समुह हेम्जा तृतीय, महिला क्लव पोखरा सान्त्वना भए । उत्कृष्ट नृत्यको पुरस्कार वडा बाल मञ्च पामेले पायो । समृद्धि दिदीबहिनी समुह हरिचोक वगरले उत्कृष्ट भेषभुषाको पुरस्कार हात पार्यो भने मासबार आमा समुह अनुशासित टोलि घोषित भयो ।

गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा भएको प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, द्वितीय हुनेले रु १५ हजार, तृतीय हुनेले रु १० हजार र सान्त्वना हुनेले रु ५ हजार प्राप्त गरे । यस्तै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र अनुशासित टिमलाई रु दुई/दुई हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा २३ समुहले भाग लिएका थिए । यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरिएको थियो ।


नेपालको पर्यटकको आगमन बढाई विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने र समष्टिगत आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष रुपमा मनाइरहेको छ । कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला र ललितकला गुरुङको विशेष आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कोइरालाले रेडियो सफलताले नाम अनुसारको काम गरिरहेको प्रसंशा गर्दै समय सान्दर्भिक बिषय बस्तु उठान गरी पर्यटनमा टेवा पु¥याएकोमा खुशी व्यक्त गरिन् । यस्तै गुरुङले रेडियोले समुदायमा सान्दर्भिक गतिविधिलाई समेटेर अगाडी बढेकोमा खुसी व्यक्त गरिन् । साथै उनले रेडियोका हरेक गतिविधिलाई साथ दिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बराल, अन्नपूर्ण बाल तथा महिला अस्पतालका अध्यक्ष विश्व घिमिरे, विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शकर खराल लगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक पार्वता पौडेलले स्वागत मन्तब्य राखको कार्यक्रममा रेडियोका कार्यक्रम संचालक शिवराज बस्ताकोटीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पोखरामा रहेर १५ वर्ष भन्दा बढी पत्रकारिता पेशामा क्रियाशिल महिला पत्रकारलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुने पत्रकारमा सुश्मा पौडेल, विमला भण्डारी, जमुना शर्मा वर्षा, सरिता तिमिल्सेना पंगेनी, शिला गुरुड, इन्दिरा गुरुङ, शान्ति गुरुङ, राधिका कडेँल, कञ्चन थापा, गोमा घिमिरे रुचि, ईश्वरी पौडेल, पार्वती पौडेल, कविता श्रेष्ठ, नरमाया रसाइली, गिता लामिछाने विष्ट लगायतलाई सम्मान गरिएको थियो ।

साथै सोही कार्यक्रममा साहित्यकार तथा गायिका चन्द्रावती वाग्ले र सामाजिक व्यक्तित्व अम्विका भागवत् नेपाल फाउण्डेशनका संरक्षक अम्विका नेपाललाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा लामो समयदेखि रेडियोमा कार्यरत संचारकर्मी तथा गायक नारायण भट्राईलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: