
काठमाडौं – साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउमा ४ सय रुपैयाँको गिरावट आएको हो । आइतबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन । चाँदी आज प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
सम्बन्धित सामाग्री – भाउ बढ्यो, व्यापार घट्यो (अडियो रिपोर्ट)
कमेन्ट गर्नुहोस्
