पुलिसको विजयी सुरुवात, न्यू डायमण्ड ३-२ को सेटमा पराजित

Share:

पोखरा । पोखरामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखराको लामाचौरमा आज बिहान भएको खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।

न्यू डायमण्ड ३-२ को सेटमा पराजित भएको हो । पुलिसले न्यू डायमण्डलाई ३२-३०, २५-२२, १४-२५ ,२४-२६ र १५-५ को सेटमा पराजित गरेको हो। जितसँगै समूह ‘बी’ को पुलिसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

चार पटकको च्याम्पियन न्यू डायमण्डको भने यो पहिलो हार हो । यसअघि शनिबार भएको खेलमा न्यू डायमण्डले चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा हराएको थियो । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: