
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बिजुलीको पोलमा चढेर इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर भजनी नगरपालिका–४ कुडीका करिब ३० वर्षीय चन्द्रलाल चौधरीको घाइते भएका थिए।
घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
कमेन्ट गर्नुहोस्
