लामिछाने र डिएसपी जिसी विरुद्ध दायर मानहानीको मुद्दा खारेज

Share:

महेन्द्रनगर– रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ । कञ्चनपुर जिल्ला अदालतमा दायर गरिएको अदालतको अपहेलना तथा मानहानीको मुद्दा खारेज भएको हो ।

निर्मला पन्त प्रकरणमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाई खड्गसिंह विष्टले रवि र अंगुरलाई विपक्षी बनाएर जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद वास्तोलाको एकल इजलासले सो मुद्दा रद्द गरिदिएको हो।

कमेन्ट गर्नुहोस्
Share: