
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । महासचिव पौडेल सिंगापुरमा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंगापुर गएका हुन् ।
महासचिव पौडेल मंगलबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरिसिस बुधबार सकिनेछ बताइएको छ । बिहीबारसम्म स्वास्थ्य जाँचको रिपोर्ट पनि आइसक्नेछ ।
नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि सिंगापुर जाने चर्चा थियो । तर अन्तिममा महासचिव पौडेल एक्लै सिंगापुर उडेका हुन् । मृगौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
