स्याङ्जाको हरिनासमा धारिलो हतियार प्रहार गरी सुतिरहेका बाबु–छोराको हत्या

Share:

वालिङ – स्याङ्जाको हरिनास गाउँपालिकामा मंगलबार विहान एकै परिवारका २ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हरिनास गाउँपालिका–३ ललइमा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको हो ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा ललइका ३० वर्षीय भीमबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजन खड्काको हत्या भएको हो ।

धारिलो प्रहार गरेर बाबु–छोराको हत्या भएको विषय जानकारीमा आएपनि हत्यारा भने पत्ता लागिनसकेको प्रहरीको भनाइ छ । हत्याराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: