टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटबाट मिथालीद्वारा सन्यास घोषणा

Share:

एजेन्सी । भारतीय महिला क्रिकेट टिमका पूर्व कप्तान मिथाली राजले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन् ।

मिथालीले मंगलबार टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । मिथालीले एकदिवसीय विश्वकप क्रिकेटलाई मध्ये नजर गर्दै टी-ट्वान्टीबाट सन्यास लिएकी हुन् ।

मिथालीले सन् २०१२, २०१४ र २०१६ टी-ट्वान्टी विश्वकपमा भारतको कप्तानी गरेकी थिइन् । मिथालीले भारतबाट ३२ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेकी छिन् । ३६ वर्षे मिथाली टी-ट्वान्टीमा २ हजार बढी रन बनाउने पहिलो भारतीय महिला खेलाडी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: