२० लाख नदिए हत्याको धम्की दिने सन्तोष पक्राउ

Share:

काठमाण्डौ । काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

२० लाख रुपैयाँ नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने भन्दै धम्क्याएको अभियोगमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५, घर भई नयाँ बजार बस्ने कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो ।

रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए ।

भदौ १७ को मिति दिँदै बालाजुको पुलनजिक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो । त्यही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: