असिनाले धानबाली सखाप

279
0
Share:

लक्ष्मी प्रसाद सापकोटा, पर्वत कार्तिक ११/ सोमवार साँझ परेको असिना पानीका कारण पर्वतको कुश्मा नगरपालिका–६ र ७ मा लाखौ मुल्य बराबरको धानवाली नष्ट भएको छ । दुर्लुङ्गका दर्जनौ कृषकले लगाएको धानवाली असिनाले पुरै झारेर नष्ट गरिदिएको हो । पाकेर काट्ने बेलाको धान असिनाले सखाप पारेपछि स्थानिय कृषकहरु चिन्तित बनेको स्थानिय तेजप्रसाद पाध्याले बताउनुभयो ।

वर्षभरीलाई खाने धानबाली नष्ट भएपछि स्थानिय वासीहरु राहतको पखाईमा रहेका छन् । दुर्लुङ गाविसका कृषकहरुको १२ लाख भन्दा बढिको धानबाली नष्ट भएको पाध्याले बताउनुभयो । एक घण्टाभन्दा बढि समय आएको असिनाले कोदो तथा अन्य फलफुुलमा समेत असर पु¥याएको उहाँले बताउनुभयो । बेमौसममा परेको असिना पानीका कारण पर्वत जिल्लाका अधिकांस गाविसका कृषकहरुको धानबाली प्रभावित बनेको कृषकहरुले गुनासो गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: