
मिजुरी । अमेरिकामा सवारी दुर्घटनामा परि तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा गोविन्द खनाल, उनकी श्रीमती शान्ता खनाल र छोरी श्रद्धा खनाल रहेका छन् ।
अमेरिकाको मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि श्रद्धाका पति प्रभास ओझा सामान्य घाइते भएका छन् । साथै उनीहरूकी ४ वर्षीय छोरीको अवस्था चिन्ताजनक रहेको छ ।
कमेन्ट गर्नुहोस्
