फाब्रेगासकाे नजरमा मेस्सी उत्कृष्ट

Share:

एजेन्सी । बार्सिलोनाका पूर्व मिडफिल्डर सेस फाब्रेगासले मेस्सी पन्ध्र वर्ष अगाडिदेखि अहिलेसम्म एकमात्र उत्कृष्ट फुटबलर रहेको बताएका छन् । उनका अनुसार अर्जेन्टिनी मेस्सी एक छुट्टै विशेषता भएका फुटबलर हुन् ।

साथै उनले बार्सिलोनालाई विभिन्न उपाधिहरु दिलाएका थिए । उनले मेस्सीसंगको हरेक खेलहरु आफ्नो लागि अविस्मरणीय रहेको बताए । ‘हामीले रोनाल्डो र रोनाल्डिन्होजस्ता चर्चित खेलाडी देखेका छौँ तर विगत १५ वर्षदेखि लियोनल मेस्सी सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनले १७ वटा सिजन खेलिसकेका छन् र उनी १८ वर्षको उमेरदेखि नै उत्कृष्ट थिए’, उनले भने ।

फाब्रेगासले मेस्सीसँगै अरु धेरै खेलहरु खेल्ने चाहना पनि व्यक्त गरेका थिए । उनले मेस्सी घाइते भएकोमा दुख व्यक्त गर्दै छिट्टै निको होस् भन्ने चाहेको पनि बताए ।

कमेन्ट गर्नुहोस्
Share: