भोलीदेखि प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल

Share:

पोखरा । शनिबारदेखि पोखरामा प्रथम विश्वकर्मा कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

विश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा शनिबारदेखि सो प्रतियोगिता हुन लागेको हो । उद्धघाटन खेलमा आयोजक र पाटन गाइज भिड्ने भएका छन् ।

प्रतियोगिताको उद्धघाटन पूर्व वाणिज्य मन्त्री मिन विश्वकर्माबाट हुने भएको छ । शनिबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको समाजका अध्यक्ष जीवन सुनारले जानकारी दिए ।

बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेल मैदानमा प्रतियोगिता हुनेछ ।

खेलकुदको माध्यमबाट समाजका विभिन्न समुदायबीचको सम्बन्ध विकास गर्न प्रतियोगिताको आयोजना गरिएको उनले बताए । प्रतियोगिताको विजेता हुनेले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उपविजेता हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पाउने छ । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर लगायतका विधागत पुरस्कार पनि रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: