माछा मार्ने क्रममा दुईजनाको खोलामा डुबेर मृत्यु

Share:

दाङ । दाङको तुलसीपुर–८ स्थित गहतेखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ।

शुक्रवार राति खोलामा माछा मार्ने क्रममा सल्यानको कपुरकोट–५ घर भई हाल तुलसीपुरको कट्कुइयामा बस्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई कपुरकोट बस्ने मिलन लामाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरु दुवैजनाले कट्कुइयामा बंगुर पालन गर्दै आएको बुझिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: