
दाङ । दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ। अर्का एक बालक घाइते भएका छन् ।
बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु भएको हो। सोही स्थानका ९ वर्षीय तिलक खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्थानीय खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कदै गर्दा मंगलवार अपरान्ह रुख ढलेर किच्दा सुुजनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी गम्भीर घाइते भएका तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
