
पोखरा ।
लेकसाईड एरिनाद्वारा आयोजित होटल एण्ड रेष्टुरेष्ट फुटसल प्रतियोगिताको उपाधी अल्फान्जो रिसोर्टले जितेको छ ।
लेकसाईड फुटसल एरिनामा शुक्रबार सम्पन्न फाईनल खेलमा व्यन्जन रेष्टुरेष्टलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अल्फान्जोले उपाधी जितेको हो । अल्फान्जोको जितका लागि अजय श्रेष्ठले ह्याट्रिक गरे भने म्यान अफ दि म्याच बनेका नाराण केसीले १ र रवि गुरुङले २ गोलको गरेका थिए ।
च्याम्पियन बनेको अल्फान्जोले उपाधीसँगै शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैया प्राप्त गर्याे भने उपविजेता टिम ब्यन्जन रेष्टुरेष्टले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँमा चित्त बुझायो ।
उक्त प्रतियोगिताबाट अल्फान्जोका अजय श्रेष्ठ उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए ।
२७ टिमको सहभागिताबाट विजेता र उपविजेता बनेका टिमलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरी अधिकारी तथा युवा समाजसेवी अनिल थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।
उक्त प्रतियोगिता गत २५ गतेदेखि सञ्चालनमा रहेको थियो ।
