प्रहरीद्वारा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट नष्ट

Share:

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोककाे पनौती नगरपालिका-१ स्थित खानी गाउँमा सार्वजनिक तथा व्यक्तिको जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागूऔषध गाँजाका करिब १६ हजारबोट शनिबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी कुशादेवीबाट खटिएको प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासी समेतको सहभागितामा काटी उखेली उक्त गाँजा फडानी गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: