
बझाङ– बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । पार्किङ गरेर देउखेल बजारमा राखिएको से १ झ २७४ नम्बरको गाडीमा शनिवार राति अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीका कारण गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । उक्त गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरिएकाे थियो ।
यसअघि आफूलाइ कहीं कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले बताएका छन्।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले प्रतिवन्धित विप्लव समूहका एक जनालाई नियन्त्रणमा लिएको छ । विप्लवका कार्यकता अमर महरलाई पक्राउ गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
