
काठमाडौँ –डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीले ७ बुँदे माग राख्दै चेतावनी दिएका हुन् ।
विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको रकम विद्यार्थीलाई फिर्ता गर्नुपर्ने, संसदीय उपसमितिले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेको प्रस्ताव खारेज गर्नुपर्ने लगायतका ७ बुँदे माग केसीले राखेका छन्।
एक विज्ञप्ति जारी गर्दै डा. केसीले मागहरु अबिलम्ब पूरा नभएको खण्डमा सत्याग्रह सहितको आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
