दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट पाइने

Share:

काठमाडौं । नेपालीहरुको महानचाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाली हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई टिकटमा १० प्रतिशत छुट दिने भएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले आगामी असोज १२ देखि कात्तिक १७ सम्म हवाई भाडामा १० प्रतिशत छुट दिने भएको हाे । काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय संघले गरेको छ।

‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले बताए।

पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।

दशैंको मुख पारेर श्री एयरलाइन्सले दुई र बुद्ध तथा यति एयरलाइन्सले एक/एक जहाज यसै वर्ष थपेका छन् । ती चारवटै जहाज ७० सीटभन्दा माथिका ठूला जहाज हुन् ।

कमेन्ट गर्नुहोस्
Share: