
काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा आज (आइतबार) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले जमैका तालेवाजविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
यी दुई टोलीबीच नेपाली समय अनुसार राति १०:४५ मा किङ्सटनमा खेल हुनेछ । आजको खेलमा सन्दिपले खेल्ने सम्भावना प्रबल रहेको छ ।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध बुधबार भएको खेलमा सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिएका थिए । यसैले आज सन्दिप टीममा पर्ने लगभग निश्चित रहेको छ।
किङ्सटनमा हुने बार्बाडोस र जमैकाबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ । जमैकाविरुद्ध मैदान उत्रदा बार्बाडोस दोस्रो जितको खोजीमा हुनेछ ।
दुई खेलमा १ जित र १ हार व्यहोरेको बार्बाडोस २ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । बार्बाडोस जित निकाल्दै शीर्ष तीनमा उक्लन चाहन्छ ।
