समाजको हितमा काम गर्नेलाई सहयोग : मुख्यमन्त्री गुरुङ

Share:

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको सोमवार उद्घाटन गर्दै उनले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताए।

समाजका कठिन परिस्थित एवं असहाय बालकलाई संरक्षण गर्दै क्लबले शैक्षिक, सामाजिक तथा खेल क्षेत्रमा क्रियाशील गराउनुले उनीहरुको समग्र उन्नयनमा टेवा पुगेको उनले बताए। सामाजिक क्षेत्रमा क्लबले देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारकोतर्पmबाट सहारा एकेडेमीको प्रशासनिक सञ्चालनमा रु ३० लाख सहयोग गर्ने बताए।

राज्यले निभाउनुपर्ने उत्तरदायित्व क्लबले पूरा गरेको उल्लेख गर्दै उनले संस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सामाजिक संस्थामा राजनीतिक प्रभाव हुन नहुने बताउँदै उनले प्रदेश सरकारले सञ्चालन गर्ने विश्वविद्यालयमा राजनीतिक नभई विशेषज्ञताका आधारमा नियुक्ति गरिने स्पष्ट पारे।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै क्लबकातर्फबाट पत्रकार सन्देश श्रेष्ठलाई पुरस्कार प्रदान गरे। क्लबले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशि रु २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।

सोही अवसरमा यस वर्षको सहारा उत्कृष्ट कर्मचारीबाट शान्ति केसीलाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले आसन्न दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरी पोखरा रङ्गशालामा निर्माणाधीन संरचना तीव्ररुपमा बढेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: