डेंगुको संक्रमणले आपतकालीन स्थिति घोषणा गर्नुपर्ने अवस्था छैन – स्वास्थ्यमन्त्री यादव

Share:

काठमाण्डौ। प्रतिनिधिसभाको आजको बैठकमा डेंगु रोगका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिएका हुन् । डेंगुका कारण यो वर्ष ६ जनाको मृत्यु भएको समेत मन्त्री यादवले संसदमा जानकारी गराए ।

एसियाका सबै देशमा डेंगुको संक्रमण देखिएको भन्दै मन्त्री यादवले न्यून रुपमा मात्रै नेपालमा देखिएको भन्दै आपतकालीन स्थितिको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताए ।

मलेरियाको संक्रमणबाट मृत्यु हुनेको संख्या समेत घटेको भन्दै मन्त्री यादवले डेंगुको कुनै औषधी नभएको भन्दै लामखुट्टेको नियन्त्रण गर्न मात्रै सम्भव रहेको बताए ।

गतवर्ष डेंगु देखिएका जिल्लाहरुमा लामखुट्टे मार्न‘सर्च एण्ड डिस्ट्रोय’ अभियानका लागि संघीय सरकारले १ करोड ६६ लाख र ६ करोड १७ लाख प्रदेशमा पठाइसकिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: