
सिमकोट- खोलामा नुहाउने क्रममा एक जना युबकको चिप्लिएर मृत्यु भएको छ।
ताँजाकोट गाउँपालिका वडा नम्बर-१ को काँडा गाउँका २४ वर्षिया टेकबहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको हो।
घट्ट पिस्न गएको बेला दिउसो सियाली खोलामा नुहाएर खोलाबाट फर्कने क्रममा ढुङ्गाबाट चिप्लिदा खोलामा डुब्दा खड्काको मृत्यु भएको आफन्त जगत बहादुर शाहीले बताए।
मंगलबार १२ बजे खोला डुबेर बेपत्ता भएका मृतक खड्काको लाश खोलामा डुबेको अवस्थामा बुधबार ११ बजे भेटिएको हो। मृतक खड्काको खोजीमा आफन्त, प्रहरी, गाउँपालिका र स्थानीइ गाउँ ठूलो संख्यामा परिचालन भएको थियो।
कमेन्ट गर्नुहोस्
