गणेशमान सिंहको २२ औं स्मृति दिवस मनाइँदै

Share:

काठमाडौ ।  गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सिंहको स्मृतिको अवसरमा बिहान गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शोभा भगवतीमा माल्यार्पण कार्यक्रम भएको छ ।

उक्त माल्यार्पण कार्यक्रम पूर्वउपप्रधानमन्त्री, कांग्रेस नेता एवं गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी दिउँसो गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नक्सालमा गणेशमान सिंहको सम्झनामा कार्यक्रम आयोजना गर्दैछ ।

त्यसैगरी नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले गणेशमान सिंहको स्मृति तथा संविधान दिवसको अवसर पारेर केन्द्रीय कार्यालयमा दिउँसो २ बजे अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दैछ ।

लौह पुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए।
विसं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: