घट्यो सुनको मूल्य, कति छ त आजको भाउ ?

Share:

काठमाडौँ – सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ६ सय घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मुल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: