गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

Share:

गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज (शनिबार) बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिएका छन्। भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: