
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नयाँ वरियता सार्वजनिक गरेको छ। वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
नेपाल टी-ट्वान्टीको नयाँ वरियतामा ११ औं स्थानमा रहेको छ । १४ खेलबाट २०१ रेटीङ अंक पाएको नेपाल भन्दा तल स्कटल्याण्ड एवम् दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
नेपालले दुई महिनाअघि मलेसियासँगको दुई खेलको टी-ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । त्यसैले नेपालको वरियतामा घटबढ भएको छैन ।
यस्तै एकदिवसीय वरियतामा पनि नेपाल यथावत रहेको छ।गत महिनामा पनि १६ औं स्थानमा रहेको नेपाल अहिले पनि १६औं स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्


