
काठमाण्डौ। डा सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँमा आयोजित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले रूइतलाई पुरस्कार वितरण गरेकी हुन् ।
तिलगंगा आँखा अस्पतालका निर्देशक एवं संस्थापक डा सन्दुक रुइतले नगद रु. पाँच लाखसहित प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै कार्यक्रममा रदी मियाँ र विकल्प ढुंगानालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग पुरस्कार प्रदान गरेकी थिइन् । राष्ट्रिय प्रतिभा अनुदान सहयोगको राशी जनही २ लाख ५० हजार रुपैयाँ रहेको छ ।
कमेन्ट गर्नुहोस्
