
स्याङ्जा । स्याङ्जामा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले एक पुरुषलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ ।
विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको हो । न्यायाधीश रमानाथ पौड्यालको इजलासले उक्त फैसाला गरेको हो ।
रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
बालिकाको २०७५ भदौ २२ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
