बिजनेश युनिभर्सलको १२ औं शाखा सभागृहचोकमा

Share:

रञ्जन अधिकारी पोखरा, २१ कार्तिक / बिजनेश युनिभर्सल डेभलपमेण्ट बैंक लिमिटेडले शुक्रबारदेखि पोखरा सभागृहचोक स्थित आÇनै भवनबाट कारोबार सुरु गरेको छ । काठमाण्डौंको अनामनगरमा प्रधान कार्यालय रहेको बैंकको यो १२ औं शाखा कार्यालय हो । नेपाल राष्ट्र बैंक, पोखराका मुख्य व्यवस्थापक ऋषिकेश भट्टले एक समारोहका बीच रिबन काटेर कार्यालयको समुद्घाटन गरे ।

बिजनेश युनिभर्सल बैंकको पोखरामा मात्रै चार कार्यालय पुगेको कायम मुकायम प्रमुख कार्यकारी अधिृकत मनोहर केसीले जनाए । सभागृहचोकसँगै पोखराको न्यूरोड, विरौटा, बुद्धचोकमा, काठमाण्डौंको न्यूरोड र कान्तिपथमा, तनहूँको दमौलीमा, सुनसरीको धरानमा, मोरङको विराटनगरमा, चितवनको नारायणगढमा र रुपन्देहीको बुटवलमा शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।

बैंकले सबै शाखाहरुबाट समय सापेक्ष आधुनिक बैंकिङका सेवा सुविधाहरु एटीएम सेवा, ईन्टरनेट बैंकिङ सेवा, निःशुल्क एबीबीएस सेवा, मोबाईल बैंकिङ सेवा, एसएमएस बैंकिङ तथा लकर सेवा प्रदान गर्दै आएको
बैंकका अध्यक्ष मिलनकुमार बैद्यले जानकारी दिए ।

बैंकको आ.व. २०७०÷७१ मा संचालन मुनाफा ५ करोड २१ लाख पुगेको जनाएको छ । बैंकले २०७१ असोज मसान्तसम्ममा ५ अर्ब २४ करोड निक्षेप संकलन गरी ४ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको जनाएको छ । यही कार्तिक ३० गते हुने बैंकको वार्षिक साधारणसभामा चुक्ता पूंजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव बैंकल पेश गर्ने जनाएको छ । बैंकको चुक्ता पूँजी ८४ करोड २० लाख ६३ हजार रहेकोमा साधारणसभाबाट उक्त प्रस्ताव पारित पश्चात् बैंकको चुक्ता पूँजी ९३ करोड ४६ लाख ९० हजार पुग्ने विश्वास लिईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: