
काठमाडौं–एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक आगामी शुक्रबार बन्द हुने भएको छ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत कारोबार गर्दैछन् ।
सोही कारोबारका लागि दुबै संस्थाको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैकिङ सफ्टवेरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सो सफ्टवेयर मिलाउनका लागि बैंक बन्द गर्न लागिएको हो ।
अब एकीकृत कारोबार एनएमबी बैंकको नामबाट हुनेछ । सो दिन बैंकको कुनै पनि कारोबार नहुने बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
