
काठमाण्डौ। नेपाल सम्मिलित तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज आज बाट सिंगापुरमा सुरु हुँदै छ। पहिलो खेलमा आज नेपाल र टेस्ट राष्ट्र जिम्बाब्वे बीच खेल हुने छ। आज सिंगापुरमा हुने खेल्मको प्रत्यक्ष प्रशारण हुने भएको छ ।
सिरिजका लागि नेपाली टिम सिंगापुर पुगिसकेको छ । नेपाल र जिम्बावेबीचको खेल आज साँझ ५:३० बजे सुरु हुनेछ ।
यस्तै भोलि नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
खेल सुरु भएपछी यहाँ क्लिक गरि खेल हेर्न सक्नुहुनेछ।
कमेन्ट गर्नुहोस्
